होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराको सचिवालयको प्रथम बैठकका निर्णयहरु यस्ता छन् !
देश/प्रदेश

एमाले बाजुराको सचिवालयको प्रथम बैठकका निर्णयहरु यस्ता छन् !

  • नागरिक रैबार
एमाले बाजुराको सचिवालयको प्रथम बैठकका निर्णयहरु यस्ता छन् !

नागरिक रैबार/बाजुरा १३ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराको कार्तिक १२ गते पार्टी कार्यालयमा बसेको सचिवालयको प्रथम बैठकले यस अघि जिल्ला कमिटीका बैठकले गरेका विभिन्न निर्णयहरु र कार्यसुचिहरु पारित गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षता र एमाले केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको सचिवालयको प्रथम बैठकले पारित गरेका निर्णय र कार्यसुचिहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सचिवालयको प्रथम बैठकले विभागीय सदस्यहरुको मनोनयन तथा कार्यजिम्मेवारी वाँडफाँड गरेको छ ।

जसमा संगठन विभाग प्रमुख अमर बहादुर खड्का, पार्टी स्कूल विभाग प्रमुख जनक कुमार बोहरा, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख काँशी बहादुर बिक, स्थानीय विकास विभाग प्रमुख राम बहादुर बाँनिया, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजन कुमार रोकाया, सहकारी तथा गरिबी निवारण विभाग प्रमुख मनदेवी ओली, विपद् व्यवस्थापन तथा स्वयसेवा विभाग प्रमुखः सिता थापा, स्वास्थ्य सेवा तथा जनसंख्या विभाग प्रमुख खडक बहादुर साउँद, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखः देवु कुमारी थापा, साहित्य, कला तथा संस्कृति विभाग प्रमुख विनोद बाजुराली, कृषि तथा पशुपंक्षी विकास विभाग, प्रमुख जंग बहादुर बिक, वन, वातावरण विभाग प्रमुख हिक्मत बहादुर थापा, खानेपानी तथा सरसफाई विभाग प्रमुख मनलाल दमाई, युवा तथा खेलकुद विभाग प्रमुख कृष्ण बहादुर बम, कानुन विभाग प्रमुख तुलाराम जैशी, जनसंगठन परिचालन समन्वय सन्यन्त्र प्रमुख हरि बहादुर रोकायालाई जिम्मेवारी प्रदान गरेको एमाले जिल्ला कमिटीका अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

विज्ञापन

त्यस्तै जनसंगठन परिचालन समन्वय सन्यन्त्रका सदस्यहरुको मनोनयन, पार्टीका आचारसंहिता कार्यान्वयन अनुगमन कार्यदल गठन, विकास योजना अनुगमन तथा सहजीकरण कार्यदल, स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवार सिफारिस, जिल्ला कमिटीका विभिन्न अभिलेखीकरण तथा योजनाका लिखित तयार गर्न सहयोगी कार्यदल गठन, पालिका र वडा अधिवेशन, वडा इन्चार्जहरुको कार्यसम्पादन, पालिका सभादलका वैठक र कार्यसम्पादनको समीक्षा, जिल्ला कमिटी सदस्यहरुको वरियताक्रम निर्धारण र जनप्रतिनिधिहरुको कार्यसम्पादन समीक्षा समेत सचिवालयको प्रथम बैठकमा गरिएको पार्टी प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।

एमाले जिल्ला कमिटीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष लालबहादुर ओली, पार्टी सचिव काँशी बहादुर विक, पार्टी प्रचार प्रसार विभाग प्रमख राजन कुमार रोकाया, नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदमबहादुर सिंह, प्रेस चाैतारी बाजुरा जिल्ला अध्यक्ष मदन विक, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष प्रेमबहादुर राैले, समाजवादी प्रेस संघठनका केन्द्रिय सदस्य धनकृष्ण विक र नेपाल प्रेस युनियन बाजुराका कोषाध्यक्ष जनक बोहराकाे उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार