होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाल समूह र युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण
समाचार

बाल समूह र युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण

  • नागरिक रैबार
बाल समूह र युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण

नागरिक रैबार/बाजुरा १३ असार।  बडीमालिका नगरपालिका वडा नम्वर ८ का बाल समूह तथा युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बडीमालिका नगरपालिका ८ नम्वर वडाको आयोजनामा विहिबार एक औपचारिक कार्यक्रमका विच उक्त एक दिने अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको हो ।

वडाको सेवा क्षेत्र भित्र रहेका बाल समूह तथा युवा क्लवको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्दबहादुर थापाले बताएका छन् ।

विज्ञापन

एक दिने अभिमुखीकरण कार्यक्रममा लागु औषध दुब्र्यसनी, नेतृत्व बिकास र बालबिाह र लैङिगक हिंसा सम्बन्धी युवा क्लव तथा बाल समूहका सहभागीहरुलाई जानकारी गराईएको वडा अध्यक्ष थापाको भनाई छ ।

कार्यक्रमको सहजीकरण बालविवाह र लैङिगक हिंसा सम्बन्धी महिला बालाबालिका शाखाका शोभा शाही, लागु औषध दुब्र्यसनी सम्बन्धी बिरेन्द्र रावल र नेतृत्व बिकाश सम्बन्धी शेर बहादुर रावलले सहजीकरण गरेका थिए ।

बडीमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष चन्द बहादुर थापाको अध्यक्षमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी रहेका थिए ।

नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन वडाका सचिव गोरखबहादुर रावलले गरेका थिए । कार्यक्रममा २० जना बढी बाल समूह र युवा क्लवमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै