नागरिक रैबार/बाजुरा ११ पुस ।मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि मृत्यु भएको हो ।
पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहकाे तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।
खत्री आफु कार्यरत रहेकाे वडामा गाउँकाे स्वास्थ्य सुधार गर्ने योजनामा निरन्तर लागिरहेका थिए ।
उनकाे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।
उनकाे अपत्यारिलो मृत्युकाे खबरले बाजुराबासीले ठुलाे क्षति वेहाेर्नु परेकाे छ ।
फेसबुक प्रतिक्रियाहरु