होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीनन्दाले गर्यो राष्ट्रपति रनिङ शिल्डका विजेतालाई पुरस्कृत
बाजुरा बिशेष

बुढीनन्दाले गर्यो राष्ट्रपति रनिङ शिल्डका विजेतालाई पुरस्कृत

  • नागरिक रैबार
बुढीनन्दाले गर्यो राष्ट्रपति रनिङ शिल्डका विजेतालाई पुरस्कृत

बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले जनाएको छ ।
रनिङ शिल्डमा सहभागी मध्ये स्वणर् पदक प्राप्त गर्ने खेलाडीलाई जनही १० हजार र रजत प्राप्त गरेका खेलाडीलाई ५ हजार नगद सहित सम्मान गरिएको नगर प्रमुख जनक बोहराले बताएका छन् ।

May be an image of 6 people and text

विज्ञापन

यस बर्षको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्डमा १३ बर्षदेखिको विजेता बडिमालिका नगरपालिकालाई बे्रक लगाउँदै शिल्ड बुढिनन्दाले कब्जा गरेको थियो । उक्त रनिङ शिल्ड प्रतियोगीतामा बुढीनन्दा नगरपालिकाले १८ स्वणर् र २१ रजतसहित प्रथम स्थान हासिल हुन सफल भएको थियो ।

त्यस्तै रनिङ शिल्डमा सह-आयोजक बुढीनन्दा नै भएकोले शिल्डलाई मर्यादित, शान्त, सभ्य र भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय समिति, खेल प्रशिक्षक, कर्मचारी ,खेलाडी र खेल व्यवस्थापकहरुले जिम्मेवारीका साथ सफल पारेको भन्दै पालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि