होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अपडेट : कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
देश/प्रदेश

अपडेट : कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • नागरिक रैबार
अपडेट : कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ ।

गएराति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् ।

विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

विज्ञापन

यस्तै, पोखरा ३२ चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, अर्को छोरी ११ वर्षकी अनुष्का ओझा र दाइको छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ । आरती उद्धारका क्रममा घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता, मादी गाउँपालिका ११ को तल्लो ताप्लेमा ८० वर्षकी माइती कुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको छ । घटनास्थल टाढा भएको र विकटमा रहेकोले समयमा उद्धार गर्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

‘ठाउँहरू विकट र टाढा छन् । उद्धारका लागि पर्याप्त समय भएन,’ उनले भने, ‘अहिले सबै ठाउँमा स्थानीय प्रहरी पुगिसकेका छन् । सकेजति उद्धार गरिएको छ ।’ रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार