नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे हिमाली गाउँपालिका- ६ स्थित धिम गाउँमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।
धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचार भईरहेकाे र घटनामा परेका घाईतेको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । गाडी अनिनयन्त्रीत भइ सडकमै पल्टीएकाे प्रहरीले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु