होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकामा भूकम्पका कारण थप घरहरु जोखिममा
समाचार

गौमुल गाउँपालिकामा भूकम्पका कारण थप घरहरु जोखिममा

दुई बस्ती स्थानान्तरणका लागि जग्गा खरिद गर्ने प्रक्रिया सुरु

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा भूकम्पका कारण थप घरहरु जोखिममा

रमित वि.क./ बाजुरा १७ बैशाख। गौमुल गाउँपालिकामा भूकम्पका कारण घरहरु चर्किएका छन् । गत माघ १० गते आएको भूकम्पका कारण ठुलो क्षति बेहोर्न बाध्यबनेका स्थानीयहरु यहीँ वैशाख १५ गते आएको भूकम्पले थप घरहरु चर्किएसंगै जोखिममा परेका छन् ।

गाउँपालिकाका ६ वटै वडाका प्रत्येक बस्तीहरु भूकम्पकाकारण जोखिममा परेको गौमुलगाउँपालिकाकाअध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ ।यसअघि आएको भूकम्पले थिलथिलो बनेको गाउँपालिकामाथपभूकम्पकाकारण घरहरु चर्किएको तथाजोखिममा परेको उपाध्यक्ष सीता थापाले बताउनुभएको छ ।

गत माघमा आएको भूकम्पका कारण केही मात्रामा चर्किएका तथा जोखिममा परेका घरहरु पुनःआएको भूकम्पले थपक्षति गरेको गौमुलगाउँपालिका-१ का वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताउनुभएको छ ।

विज्ञापन

यसअघि नै जोखिममा रहेका सबै बस्तीका घरहरु पुनःआएको भूकम्पले थपजोखिमनिम्त्याएको गौमुलगाउँपालिका-२ का वडा सदस्य प्रेम रोकायाले बताउनुभएको छ । स्थानीयको मागअनुसार जग्गाखरिद प्रक्रिया अघि बढेको र बस्ती स्थानान्तरणका लागि बजेट व्यवस्थापनगर्न गाउँपालिकामा तारन्तार पहल गरिरहेको रहेको गौमुल गाउँपालिका-२ का वडा अध्यक्ष देव बहादुर रोकायाले बताउनुभएको छ ।
आफ्नो वडामा यसअघि आएको भूकम्पका कारण एक जना स्थानीय महिलाको मृत्यु हुनुका साथै आँगर बस्ती पूर्ण रुपमा ध्वस्त र ६५ भेडाबाख्रा मरेका भईसकेको भएपनि बाँकी रहेका स्थानीयका घरहरु थप केन्द्र बिन्दु बनाएर आएको भूकम्पले जोखिम बनाएको बताउनु भएको छ ।

सानातथा ठुला धक्का र भूकम्पका कारण गाउँपालिका भरिका सबै वडाका घरहरु जोखिममा परेको गौमुलगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताउनुभएको छ ।गत महिनामा आएको भूकम्पको यथार्थ विवरण संकलन गरिसकेको भएपनि थप विवरण संकलनगर्ने उहाँले बताउनुभएको छ । यसअघि घरहरु सबै तिर सामान्य रुपमा क्षति भईसकेका र थप आएको भूकम्पले पूर्ण रुपमा जोखिम बढ्न गएको उनको भनाइ छ ।

गाउँपालिकामा गत माघ १० गते आएको भूकम्पका कारण गौमुल गाउँपालिका-१ मा रहेको खौला बस्ती र गौमुल गाउँपालिका-२ मा रहेको आँगर बस्ती पूर्ण रुपमा ध्वस्त भईसकेको छ ।

गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडाका सबै बस्तीहरुमा आंशिक र पूर्ण रुपमा घरहरु चर्किनुका साथै जोखिममा रहेको ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाले जनाएको छ ।

ध्वस्त भएका दुईवटै बस्तीका स्थानीयहरुको सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाखरिद गर्ने प्रक्रिया अघि बढाउनुका साथै बस्ती विस्तारका लागि पहल गरिरहेको अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ ।

विभिन्नदातृ निकाय तथा गाउँपालिकाले पीडित परिवारहरुलाई टिनका टहराहरु निमार्ण गरी तत्कालका लागि व्यवस्थापन गरेको छ । सिंगो दुईवटै बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा सारिने भएको छ । गाउँपालिकासंग सीमित श्रोत साधन मात्र हुने भएकाले तत्काल व्यवस्थापन गर्न कठिन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार