होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेल्टीमा रिफर गरेका एक विरामीकाे जहाज कुर्दाकुर्दै मृत्यु
समाचार

काेल्टीमा रिफर गरेका एक विरामीकाे जहाज कुर्दाकुर्दै मृत्यु

  • नागरिक रैबार
काेल्टीमा रिफर गरेका एक विरामीकाे जहाज कुर्दाकुर्दै मृत्यु
File photo

नागरिक रैबार
बाजुर १० साउन
बाजुराकाे काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना रिफर गरेका विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन् । कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो ।
रिफर गरिएका ६० वर्षिया कार्कीलाई आफन्तले जहाज आउने पर्खाइ गरिरहेका थिए । मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए ।
रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए । सडक बाटो संभव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार