होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली
समाचार

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

  • नागरिक रैबार
सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली
file photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् ।राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।

उनले अघि भने, ‘हाम्रो उम्मेदवार दाउपेचको उम्मेदवार होइन ।’नेम्बाङ उम्मेदवार हुने १० पुसमा सरकार गठनकै बेला टुंगो लागिसकेको, तर डिस्क्लोज मात्र नगरेको ओलीको दाबी छ । एउटा चक्र पूरा नगरी १० पुसमा भएको सहमति यताउता हुन नसक्ने भन्दै उनले अगाडि भने, ‘यसमा सहमत सबै पक्षले आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । आफ्नो बचनबाट कोही पनि पछि हट्ने काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

८ दलले नयाँ गठबन्धन बनाइसके नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले बोलाएर केही नेताहरु बसेको उनले बताए ‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डजीले कसरी भन्नुभयो, त्यो उहाँको कुरा हो,’ उनले भने, ‘गठबन्धन पनि छैन, गठबन्धनको निर्णय केही छैन ।’कांग्रेसलाई समर्थन गर्ने भनेर कुन दलले वक्तव्य दिएको छ भन्ने प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘कहीँ बिग्रिएको छैन । २५ गते थाहा पाउनुहुन्छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार