होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • औँला ठड्याउँदै रवि लामिछानेले भने– प्रधानमन्त्रीज्यू, म तपाईंको मुटु चेक गर्न चाहन्छु
समाचार

औँला ठड्याउँदै रवि लामिछानेले भने– प्रधानमन्त्रीज्यू, म तपाईंको मुटु चेक गर्न चाहन्छु

  • नागरिक रैबार
औँला ठड्याउँदै रवि लामिछानेले भने– प्रधानमन्त्रीज्यू, म तपाईंको मुटु चेक गर्न चाहन्छु

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् । एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिन समेत नबोलाइनु आपत्तिजनक रहेको लामिछानेको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यू तपाईंले म मुटु कमाउँदिन भन्नुभएको थियो । अब म तपाईंको मुटु चके गर्न चाहन्छु । कुन अस्पतालमा चेक गर्ने हो भन्नुस्’, बुधवार संसदमा प्रधानमन्त्रीतर्फ औँलो ठड्याउँदै लामिछानेले भने, ‘ काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शङ्का छ । जस्ता जस्ता मान्छेको नाम क्रमशः आउँदै छ । एक पटक बयानका लागि नबोलाएर अविश्वासको वातावरण सिर्जना भएको छ ।’

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत उनले सचेत गराए । तीन पार्टी बसेर यो विषय मिलाउन खासखुस गरिएको आरोप लगाउँदै उनले यसमा आपत्ति जनाए । तर, त्यसको गन्ध ठासठुस आएको भन्दै लामिछानेले यसलाई रोक्न चुनौती दिए । उनले आफूलाई सञ्चारकर्मी हुँदा बयान दिन आउँछु भन्दाभन्दै बुट बजाएर न्यूजरुपबाट लैजाने काम भएको भएको स्मरण गर्दै अरुको हकमा किन यस्तो भएन भन्दै आक्रोश पोखे ।

विज्ञापन

उनले अपराध अनुसन्धानमा हाइप्रोफाइलले काम नगर्ने भन्दै फाइलको मात्रै काम हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार