होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा
समाचार

उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा

  • नागरिक रैबार
उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए ।

कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि बोलाएको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनबारे धारणा राखेका थिए ।

चितवन २, तनहुँ २ र बारा २ मा आइतबार निर्वाचन भएको थियो । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा देउवाले उपनिर्वाचनबारे टिप्पणी गरेका हुन् । देउवका कुरा उल्लेख गर्दै सांसद खतिवडाले भने, ‘उपनिर्वाचनले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर सभापतिले केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै कांग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ भन्नुभयो । बीपी कोइरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरु बेला कांग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् कि भन्ने चिन्ताको विषय धेरै सांसदहरूले उठाउनुभएको छ ।’

विज्ञापन

सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेका थिए । अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

जनतामा विकास निर्माणका अपेक्षा रहेको र तिनलाई सम्बोधन गरेर जाने योजना ल्याउनुपर्ने सांसदहरूको भनाइ थियो । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजना, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रेको व्यवस्था होस्, सहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् भन्ने सांसदहरूले धारणा राखेका छन् ।कांग्रेस संसदीय दलको बैठक मंगलबार १० बजे पुनः बस्ने भएको छ । कान्तिपूरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार