होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भयो: प्रदीप ज्ञवाली
समाज

प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भयो: प्रदीप ज्ञवाली

  • नागरिक रैबार
प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भयो:  प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन तोडेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताएका छन् ।

‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ’ ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

‘यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो । मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्रमाथिनै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीले भने, ‘यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’

विज्ञापन

ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरुको चलखेल निकै देखिएको बताए । ‘नेपालको आन्तरिक मामिलामा आँफै निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार