होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यो गठबन्धन पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड
समाचार

यो गठबन्धन पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड

  • नागरिक रैबार
यो गठबन्धन पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन् । कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए । अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए । उनले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा आफूहरु लागि परेको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताए । यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

अहिले गएको चुनावमा पनि सिद्धान्त र विचारलाई प्राथमिकतामा नराखेर भावनामा बगेर मान्छे चयन गर्ने काम गरेको बताउँदै उनले विचार र सिद्धान्तका आधारमा समाजलाई अगाडि बढाइएन भने समाज खतरामा जान सक्ने धारणा राखे । यो कुरा पार्टीमा मात्र होइन, अहिले मिडियामा पनि त्यस्तै देखिएको बताउँदै उनले मुलधारको मिडिया समाप्त हुने अवस्था गएको देखिएको बताए । प्रधानमन्त्री प्रचण्डले सोशल मिडिया र युट्युवहरु मुलधारमा आउन लागेको तर त्यसले राम्रो संकेत नदिएको बताए ।

विज्ञापन

कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्नु अवसर भएको बताउँदै उनले त्यसमा चुनौती पनि रहेको प्रस्ट पारे । कम्युनिष्ट पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनको संस्कृतिलाई जोगाउँदै यसलाई पाँच वर्ष नै टिकाउने बताउँदै उनले यसका लागि सबै तयार रहनुपर्ने धारणा राखे । अर्को प्रसंगमा उनले स्व.नरबहादुर कर्मचार्यसँगको सहकार्य स्मरण गर्दै उनीसँग एउटै परिवारजस्तो भएर ६ वर्षसम्म बसेको बताए । कर्मचार्य कम्युनिष्ट पार्टीको अभिभावक भएको समेत उनले बताए । कर्मचार्यको पहिचान भनेको वर्गीय पहिचान रहेको बताउँदै उनले नरबहादुर स्मृति प्रतिष्ठानलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार