होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कम्युनिस्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा ठुलो आक्रमण भयो : केपी ओली
समाचार

कम्युनिस्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा ठुलो आक्रमण भयो : केपी ओली

  • नागरिक रैबार
कम्युनिस्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा ठुलो आक्रमण भयो : केपी ओली
file photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत ७४ वर्षदेखि कम्युनिस्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेको बताएका छन् । शनिवार पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘हामीलाई दुनियाँ लागेर घेरेर समाप्त पार्न खोजे । जन्मैदेखि कम्युनिस्ट पार्टीविरुद्ध प्रहार भए । लाठी, जेलनेल दमन र षड्यन्त्र भए । हामीले बलिदान दिनुपर्‍यो, अनेक दुःख कष्ट झेल्नुपर्‍यो’, ओलीले भने, ‘तर फेरि पनि आन्दोलन बढिरह्यो । पछिल्लोपल्ट सबैभन्दा भयानक आक्रमण २०७७ सालमा भयो । त्यो साल कम्युनिस्ट पार्टीका लागि ठुलो षड्यन्त्र प्रयोग गरेर प्रतिकृयावादीले हामीमाथि प्रहार गरेको वर्ष रह्यो ।’ २०७७ सालमा माधव नेपालसहितका नेताहरू एमालेबाट विद्रोह गरेर फरक पार्टी बनाएका थिए ।

अध्यक्ष ओलीले त्यति गर्दा पनि एमाले ठुलो पार्टी बनेको भन्दै पार्टी कुन मितिमा स्थापना भयो भनेर ठुलो नहुने बताए । उनले एमाले विचार भएको पार्टी भन्दै जस्तै खडेरीमा नसक्ने नदीका रूपमा रहेको दाबी गरे । अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्दै त्यसपछिको १० वर्षमा देशलाई विकासशील देश र गरिबी समाप्त पार्ने बताए । माओवादी केन्द्रमा गएका प्रचण्ड पनि यही पार्टीबाट गएको ओलीको भनाइ छ । ‘कहाँबाट उफ्रेका हुन् प्रचण्ड ? यही पार्टीबाट ऐझेरु पलाए जसरी पलाएको त हो नि । ६ सालमा कहाँ दुई तीनवटा पार्टी बनेका थिए र ?’, ओलीको प्रश्न छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार