होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम सूरु
समाचार

कोल्टीमा होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम सूरु

  • नागरिक रैबार
कोल्टीमा होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम सूरु

नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो ।

कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री वातावरण बनाउन अभिप्रेरित गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो ।

५ दिनसम्म संचालन हुने तालिममा स्वामीकार्तिक खापर, हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकका ३५ जना होटल ब्यवसायिहरु तथा पर्यटन व्यबसायीहरु सहभागि छन । तालिममको सहजीकरण प्रशिक्षक स्याम बहादुर तामाङ र लक्ष्मण प्रसाद भण्डारीले गर्ने भएका छन् ।

विज्ञापन

कर्णाली करिडोर क्षेत्रका नागरिकको, गुणस्तरीय पर्यटनको चाहान, स्वस्थ, पोषणयुक्त अर्गानिक खाना, सफा र स्वच्छ पर्यटनमैत्री वातावरणको सृजना भन्ने प्रमुख नाराका साथ उक्त तालिमको आयोजना गरिएको आयोजक खत्याड गाउँपालिका मुगुले जनाएको छ ।

No description available.

बाजुरा हुँदै पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटकहरुलाई सफा सुत्ने ब्यवस्था ,स्वस्थ अर्गानिक खाना खुवाउने र पर्यटकलाई आकर्षण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नागरिक सरोकार मंचका संयोजक जनेश भण्डारीले बताएका छन् ।

खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर मल्लको अध्यक्षतामा संचालन गरिएको तालिममा प्रमुख अतिथि हिमााली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल प्रमुख अतिथि र विशिष्ट अतिथि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया रहेका थिए ।

No description available.

तालिमको स्वागत मन्तव्य हिमाली गाउँपालिका ४ का वडा अध्यक्ष भिमानन्द पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन नागरिक सरोकार मंचका संयोजक जनेश भण्डारीले गरेका थिए । तालिम काेल्टीमा रहेको होटेल इको भेलेजमा स‌चालन भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार