होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालकृष्ण–टोपबहादुरलगायतको पक्षमा बहस गर्ने वकिलहरुविरुद्ध नाराबाजी
समाचार

बालकृष्ण–टोपबहादुरलगायतको पक्षमा बहस गर्ने वकिलहरुविरुद्ध नाराबाजी

  • नागरिक रैबार
बालकृष्ण–टोपबहादुरलगायतको पक्षमा बहस गर्ने वकिलहरुविरुद्ध नाराबाजी

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध नाराबाजी गरेको हो ।

बुधबार सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौँ परिसरमा नाराबाजी गर्दै उनीहरु पुगेका थिए ।सो क्रममा १३ नेताहरू पक्राउ परेका छन् ।

यो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौँ वकिलहरुले बहस सकिसकेका छन् । नेता खाणको पक्षमा मात्रै १५ जनाले बहस गरेका थिए ।

विज्ञापन

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ ।राताेपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार