होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
समाचार

प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

  • नागरिक रैबार
प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो ।

तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् ।

द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । प्रचण्डविरुद्ध आरण र चिरञ्जिविवास गिरीले फागुन २३ मा मुद्दा दायर गरेका हुन् ।२०७६ मा प्रचण्डले द्वन्दकालमा मारिएकाहरुको जिम्मा लिनैपरे आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार