होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केरला पुग्यो मनसुन, कहिले आइपुग्ला नेपाल
समाचार

केरला पुग्यो मनसुन, कहिले आइपुग्ला नेपाल

  • नागरिक रैबार
केरला पुग्यो मनसुन, कहिले आइपुग्ला नेपाल

यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ।मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो।

‘केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिन्छ,’ मौसमविद् सञ्जीव अधिकारीले सेतोपाटीसँग भने।केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुने हो। सामान्यत: केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ सम्म लाग्छ।

मौसमविद् अधिकारीले हरेक वर्ष सोही मिति र अवधि लागू नहुने बताए। ‘लामो वर्षहरूको एभरेजमा हो। मिति र बीचको १२ दिन सधैभरि एउटै नहुन पनि सक्छ,’ उनले भने।केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै ढिला नहुने उनले बताए। उनका अनुसार केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ। त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ।

विज्ञापन

केरलाबाट नेपाल भित्रन कति समय लाग्छ भनेर यकिनका साथ भन्न नसकिने उनले बताए। ‘केरला आइपुग्यो भनेपछि मनसुनी वायु नेपाल छिर्ने अलार्म बज्यो,’ उनले भने।यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ। केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने उनले बताए।

‘केरलामा आइपुगेपछि हामी लगातार वायु कहाँनेर आयो हेरिरहन्छौं। १० दिनमा आउने वायु एक हप्तामै आइपुग्नेदेखि १५ दिनसम्म नआउने पनि हुन्छ,’ अधिकारी भन्छन्, ‘त्यसको वेग कति तीव्र हुन्छ। त्यसमा कुनकुन प्रक्रिया हुन्छ, वायु यात्रा गर्ने वायुमण्डल कस्तो छ, ती सबै कुरामा निर्भर हुन्छ।’

नेपालमा २०२० मा जुन १२ मा मनसुनी वायु आइपुगेको थियो। ०२१ मा ११ जुन र ०२२ मा ५ जुनमै मनसुनी वायु नेपाल भित्रिएको थियो।नेपाल प्रवेश गरेपछि मात्रै मौसममा बदली हुने उनले बताएका छन्। झापाबाट प्रवेश हुने मनसुनी वायु नेपालभरि यात्रा गर्न न्युनतम पाँच दिन लाग्छ।’त्यो मुभमेन्ट पनि कहिलेकाहीँ छिटो र कहिले अलि ढिलो हुनसक्छ,’ अधिकारीले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार