होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • एमालेले देखेको पार्टीभित्रका समस्या र चुनौती : संगठनात्मक अराजकतादेखि दोहोरो जिम्मेवारीसम्म !
Uncategorized

एमालेले देखेको पार्टीभित्रका समस्या र चुनौती : संगठनात्मक अराजकतादेखि दोहोरो जिम्मेवारीसम्म !

  • नागरिक रैबार
एमालेले देखेको पार्टीभित्रका समस्या र चुनौती : संगठनात्मक अराजकतादेखि दोहोरो जिम्मेवारीसम्म !

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्रका चुनौती र समस्या पहिचान गरेको छ । सो पार्टीले गत २०७९ फागुन ५ देखि २०८० वैशाख ९ गतेसम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) मार्फत पार्टीका समस्या र चुनौतीहरू पहिचान गरेको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा अपेक्षित नतिजा नआएपछि २०७९ माघ २५ गते सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकबाट दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय गर्दै एमाले नेताहरू फागुनदेखि वैशाखसम्म वडा तहसम्म पुगेर समस्या पहिचान गरेका थिए ।

‘मिसनग्रास रुट’ अभियानका लागि ७ उद्देश्य तय गरेको एमालेले देशभरका सबै पालिकाहरूमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई १२ वटा कार्यादेश दिएको थियो । कार्यादेशअनुसार केन्द्रीय सचिवको नेतृत्वमा प्रत्येक प्रदेशमा टोलदेखि प्रदेशसम्म पुगेर गरिएका रिपोर्टका आधारमा पार्टीभित्रका बढेका समस्या र चुनौती पहिचान गरेको एमालेले जनाएको छ ।

विज्ञापन

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी–७) मा पार्टी भित्र देखिएका समस्या र सम्बोधनका उपायहरू समावेश छन् । पहिलो चरणको ‘मिसन ग्रासरुट’ अभियानबाट उत्साहित एमालेले पार्टी र नेता कार्यकर्तालाई चलायमान बनाउन सहयोग पुगेको निष्कर्षसहित सोही प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । त्यस अन्तर्गत एमालेले सबै केन्द्रीय नेताहरूको जिम्मेवारीमा समेत हेरफेर गरेर पार्टीलाई आगामी निर्वाचनमा फिप्टीवान प्लसमा पुर्‍याउने उद्देश्य राखेको छ ।

सैद्धान्तिक र वैचारिक समस्या

एमालेले पहिचान गरेको समस्याअन्तर्गत सैद्धान्तिक र वैचारिक समस्या पहिलो छ । जस अन्तर्गत पार्टी नेता कार्यकर्ताहरूमा विचारधारात्मक काममा कमी देखिन्छ भने कतिपय नेता÷कार्यकर्ताहरूमा पार्टीका विचार र सिद्धान्तमा चासो नै नरहेको पनि पाइएको छ । कतिपय पार्टी कमिटीहरूमा प्रशिक्षणहरू यथोचित नभएको र पार्टीपङ्क्तिमा संगठनात्मक अराजकता बढेको एमालेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार