होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी
देश/प्रदेश

उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी

  • नागरिक रैबार
उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी

बारा, चितवन र तनहुँ — आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपाका रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । सोमबार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

बाराका निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । सदरमुकाम कलैयास्थित मुख्य उपनिर्वाचन अधिकृतको कार्यालयमा सोमबार राजनीतिक दलका १२ र स्वतन्त्र २४ जनाको उम्मेदवारी परेको हो । तीमध्ये ५ जना महिला छन् । एमालेबाट पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट पूर्वडीआईजी रमेश खरेल, जनमतबाट शिवचन्द्र कुशवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनताबाट अरुण ज्ञवालीलगायत ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष यादव उम्मेदवार बनेका छन् । उनी सप्तरीबाट गत मंसिरको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

विज्ञापन

जनमतबाट उम्मेदवारी दिएका कुशवाहा यसअघिको चुनावमा झिनो मतले पराजित भएका थिए । उनी तत्कालीन पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार थिए । यसपालि सत्ता गठबन्धनबाट उपेन्द्र यादव उम्मेदवार भएपछि कुशवाहा माओवादी परित्याग गरेर जनमतबाट उम्मेदवार बनेका हुन् । आम जनताबाट उम्मेदवार बनेका ज्ञवाली गत चुनावमा स्वतन्त्र रूपमा उठेका थिए । चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाकै उम्मेदवारी परेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रास्वपा सभापति रवि लामिछानेले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ चितवन कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । उनलाई सत्तारूढ गठबन्धनका माओवादी र एकीकृत समाजवादीको पनि साथ छ । एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उनी एमाले चितवनका अध्यक्ष हुन् ।

कांग्रेस र एमालेले कोणसभा र र्‍याली गरेर मनोनयन दर्ता गराएका थिए । कांग्रेसले चौबीसकोठीमा गरेको सभामा महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । एमालेले पार्टी कार्यालयमा सभा राखेर उम्मेदवारी दर्ता गराएको हो । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चाले पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उठाएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले राजेश अधिकारीलाई उठाएको छ । राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसनलगायत १२ दलले उम्मदेवारी दिएका छन् ।

तनहुँ–१ मा उपनिर्वाचनमा सहभागी हुन नौ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् । नेमकिपा, नेकपा समाजवादी, राप्रपालगायत दलले पनि उम्मेदवार उठाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै