होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बार्जु महोत्सव सूरू, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे उद्घाटन
समाचार

बार्जु महोत्सव सूरू, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे उद्घाटन

  • नागरिक रैबार
बार्जु महोत्सव सूरू, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे उद्घाटन

नागरिक रैबार
बाजुरा २० बैशाख ।
बार्जु महोत्सव आजबाट सूरू गरिएको छ । बार्जु सभ्यताको पहिचान, समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सो महोत्सव आजबाट बुढींगगा नगरपालिकाको फालासैनमा सूरू भएको हो ।
सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र सिदार्थ बैंकको संयोजनमा सूरू गरिएको हो ।
महोत्सवको एक औपचरिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् ।
बाजुराको कला संस्कृतिको पहिचान, स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव बैशाख ३० गतेसम्म संचालन हुने आयोजकले बताएको छ ।
प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा संचालन गरिएको महोत्सवको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथिमा प्रदेश निर्वाचन क्षेत्र (ख) का सांसद पदमबहादुर शाही, सांसद जुना दानी र जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
त्यस्तै कार्यक्रममा अतिथिहरु नेकपा एमालेका जिल्ला सचिव भरत थापा, नेपाली काँग्रेस बाजुराका प्रदेश (ख) का सचिव दिलबहादुर थापा, नेकपा एकिकृत समाजवादी बाजुराका उपाध्यक्ष भरत थापा रहेका थिए ।त्यस्तै कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, त्रिवेणी नगरपालिकाका नगरप्रमुख कणर्बहादुर थापा, बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा, त्रिवेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपाने, बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कुँवर, खप्तड क्षेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथ लगायत अतिथि रहेका थिए ।
सुदूर साहित्य प्रतिष्ठानका सचिव कृष्ण ओलीले संचालन गरेको उद्धघाटन् कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर थापाले प्रस्तुति राखेका थिए ।
महोत्सवको दोस्रो दिन भोलि विहान १० बजे जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा बाजुराको विकासमा जनप्रतिनिधिको भुमिका विषयक संवाद कार्यक्रम समेत संचालन गरिने भएको छ ।
त्यस्तै भोली नै चर्चित गायिका एलिना चौहान, ज्ञानेन्द्र गिरी, सुशिला थापा लगायत बुढीगंगा र त्रिवेणी नगरपालिकाका विभिन्न स्थानीय संस्कृतिहरु समेत प्रस्तुत हुने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार