होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
समाचार

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

  • नागरिक रैबार
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको छ ।

विज्ञापन

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार