होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १३, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • विमानकै गतिमा उड्ने मोटरसाइकल तयार
सूचना-प्रविधि

विमानकै गतिमा उड्ने मोटरसाइकल तयार

  • नागरिक रैबार
विमानकै गतिमा उड्ने मोटरसाइकल तयार

स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ ।

मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर राखिएको बताए । उनले भने, ‘यो वास्तवमा एक एयर युटिलिटी भेइकल हो, अर्थात् यसको उपयोग विभिन्न तरिकाले गर्न सकिन्छ किनभने हेलिकोप्टर ठूला, जटिल, महँगो र पाइलट बिना उड्न सक्दैनन् । ड्रोन्सले कम तौल उठाउँछ, रेन्ज पनि छोटो हुन्छ, सुस्त गतिको हुन्छ । त्यसैले हाम्रो बाइक बहुउपयोगी हुनेछ । यसमा आठवटा जेट इन्जिन राखिएका छन् ।’

फ्युचरिजमको वेबसाइटका अनुसार स्पिडर असाध्यै शक्तिशाली छ । यसले हजार किलोमिटरसम्मको तौल उठाउन सक्छ । यसको गति ८०४ किलोमिटर प्रतिघण्टा हो । अर्थात्, लगभग कमर्सियल विमानको औसत विमान बराबर । यो एउटा निकै ठूलो मोटरसाइकलको आकारको हो । एकपटक उडान भरेपछि यो करिब ६४४ किलोमिटरसम्मको उडान भर्न सक्छ । यो आफैँ उड्न सक्छ, यसलाई पाइलटले पनि उडाउन सक्छन् वा रिमोटमार्फत् पनि उडाउन सकिन्छ ।

विज्ञापन

स्पिडर बाइक मोड्युलर हो । अर्थात् यसलाई तपाईं कार्गो भेइकलमा परिवर्तन गर्न सक्नुहुन्छ । यसमार्फत् क्रिटिकल कार्गो पठाउन सकिन्छ । जस्तै, ओयल रिगमा यदि यो छोटो यन्त्र खराब भयो भने करोडौँको क्षती हुनसक्छ । यस्तोमा स्पिडरमा राखिएको सामान राखेर त्यसलाई समुद्रमा भएको रिगसम्म पुर्‍याउन सकिन्छ । यसलाई जतासुकै उडाउन सकिन्छ । जंगल माथि, पहाडमा, समुद्र वा नदी माथि ।

यसको प्रयोग जंगलको आगो निभाउनका लागि उड्ने फायर फाइटरको रुपमा पनि गर्न सकिन्छ । यो कुनै अग्लो भवन वा जंगल नजिकै लागेको आगो निभाउन पनि मद्दत गर्न सक्छ । डिजास्टर रिकभरी अर्थात् यदि कोही नराम्रोसँग घाइते भएको छ वा बिरामी छ भने उसलाई तुरुन्त अस्पताल लैजानु परेमा यसमा बाँधेर अस्पताल पुर्याउन सकिन्छ किनभने यसले भर्टिकल टेकअप र ल्यान्डिङ गर्न सक्छ ।

डेभिड मेमनले सन् २०१५ मा आफे जेटप्याक विकसित गरेका थिए । त्यसपछि उनी स्ट्याचु अफ लिबर्टी नजिकै उडेका थिए । त्यसपछि उनले उड्ने बाइक बनाउने अवधारणा विकसित गरे । सन् २०१८ मा उनले यो प्रोजेक्ट सुरु गरे । यो बाइकमा विमानमा राखिने इन्धनको प्रयोग गर्नुपर्नेछ अर्थात् एभियशन फ्युल । मेमन एयरोस्पेसले हाल अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनसँग परीक्षण उडानका लागि अनुमति मागिसकेको छ । यसले कहिले उडान भर्छ, त्यो भने हेर्न बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • ९ महिना अगाडि