होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनाव परिचालनका लागि एमालेले बनायो सचिवालय, सचिवमा विष्णु रिमाल
समाचार

चुनाव परिचालनका लागि एमालेले बनायो सचिवालय, सचिवमा विष्णु रिमाल

  • नागरिक रैबार
चुनाव परिचालनका लागि एमालेले बनायो सचिवालय, सचिवमा विष्णु रिमाल

काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ।

आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । त्यस्तै बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ ।

२६ साउनमा बसेका एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

विज्ञापन

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार