होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर
सूचना-प्रविधि

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

  • नागरिक रैबार
किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

काठमाडौं । आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ ।

किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर सहितको भिडियो सेल्फी फिचर ल्याएको हो ।

इन्स्टाग्राममा खाता खोल्नका लागि १३ वर्षभन्दा धेरै उमेरको हुनुपर्दछ । तर त्यो भन्दा पनि कम उमेरका बालबालिका र किशोर किशोरीहरुले आफ्नो जन्ममिति गलत हालेर आफ्नो उमेर १८ वर्षभन्दा धेरै रहेको विवरण पेश गरी इन्स्टाग्राममा अकाउन्ट खोल्ने गरेका छन् ।

विज्ञापन

तर अब यसरी खाता खोल्न चाहने अमेरिकी किशोर किशोरीहरुले आफ्नो उमेर प्रमाणित गर्नका लागि थप मिहिनेत गर्नुपर्ने भएको छ । त्यसका लागि उनीहरुलाई तीनवटा विकल्प दिइएको छ । पहिलो, उनीहरुले आफ्नो कुनै परिचयपत्र अपलोड गर्नुपर्नेछ । त्यसको साटो अन्य तीनजना प्रौढ इन्स्टाग्राम प्रयोगकर्ताले सिफारिस गर्न पनि सकिनेछ । साथै उनीहरुले आफ्नो भिडियो सेल्फी पेश गरेर समेत उमेर प्रमाणित गराउन सक्दछन् ।

इन्स्टाग्रामले हाल अमेरिकामा मात्र यो फिचर सुरु गरेको छ । यो फिचर लागू भएसागै किशोर किशोरीहरुले इन्स्टाग्राममा आफ्नो उमेरसँग मिल्दा उपयुक्त सामाग्रीहरु हेर्न पाउनेछन् ।

इन्स्टाग्रामको प्लाटफर्ममा किशोरावस्था तथा बालबालिकाहरुको सुरक्षालाई लिएर आलोचना खेपिरहेको बेला इन्स्टाग्रामले उमेर प्रमाणिकरण गर्ने नयाँ फिचर सुरु गरेको हो ।

स्मरण रहोस् प्रयोगकर्ताको उमेर तथा पहिचान प्रमाणित गर्नका लागि भिडियो सेल्फी पछिल्लो समय अनलाइन बैंकिङ एप लगायतका डिजिटल प्लाटफर्महरुमा लोकप्रिय विधि बन्दै गएको छ ।

इन्स्टाग्रामले पनि अकाउन्ट लक भएको बेला आफ्नो पहिचान प्रमाणिकरण गरी अकाउन्ट फुकुवा गर्नका लागि भिडियो सेल्फी पेश गर्ने फिचर यसअघि नै सुरु गरिसकेको थियो । जुन अहिले किशोर किशोरीको उमेर प्रमाणिकरणका लागि समेत प्रयोग हुँदैछ । य

सका लागि इन्स्टाग्रामले मानिसको अनुहारको विश्लेषण गरेर उमेर पत्ता लगाउने प्रविधिको विकास गरेको बेलायती डिजिटल पहिचान प्रदायक कम्पनी योटीसँग सहकार्य गरेको छ ।

–बीबीसीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि