होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो
समाचार

अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

  • नागरिक रैबार
अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ । बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो ।

टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः सँगै देख्न सकिन्थ्यो । सूत्रका अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले सिंगल छन् ।

ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो । उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् । अहिले टाइगर आफ्नो काममा फोकस छन् । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’

विज्ञापन

दिशा आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’मा देखिंदैछन् । टाइगर चाहिं ‘गणपत’ र ‘बागी ४’ मा देखिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार