होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मैले गरेको कामको परिणाम पछिसम्म देखिनेछ : रामकुमारी झाँक्री
समाचार

मैले गरेको कामको परिणाम पछिसम्म देखिनेछ : रामकुमारी झाँक्री

  • नागरिक रैबार
मैले गरेको कामको परिणाम पछिसम्म देखिनेछ : रामकुमारी झाँक्री

 काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गरेकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेका र भविष्यमा पनि देखिँदै जाने बताएकी छन् ।

‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु’ उनले भनेकी छन्, ‘त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन ।’

विज्ञापन

झाँक्रीले करिब ८ महिनापछि आइतबार शहरी विकास मन्त्रालयबाट विदा लिएकी थिइन् । उनले आफूलाई विश्वास गरेर मन्त्री बनाउने र मन्त्री भइसकेपछि काममा सुझाव सल्लाह प्रतिक्रिया र खबरदारी गर्ने सबैलाई धन्यवाद दिएकी छन् । नवनियुक्त मन्त्रीले आफूले अघि बढाएका योजनालाई निरन्तरता दिने झाँक्रीले आशा गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार