होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महेन्द्रनगरमा सेना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता
समाचार

महेन्द्रनगरमा सेना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता

  • नागरिक रैबार
महेन्द्रनगरमा सेना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता

महेन्द्रनगरः महाशिवरात्री तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आइतबारदेखि पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गरे।

सेना–नागरिक सम्वन्ध सुदृढिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबल लगायतका कार्यक्रम आयोजना गरेको छ। आगामी फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ। नेपाली सेनाको श्री नं। २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला व्याडमिनटन संघको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ टिम सहभागी छन्। उद्घाटन समारोहमा श्री नं २५ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी शशीकिरण रायमाझी, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत, बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट र जिल्ला व्याडमिन्टन संघका अध्यक्ष मीनराज भट्ट लगायतको सहभागिता रहेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै