होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बेच्ने
समाचार

परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बेच्ने

  • नागरिक रैबार
परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बेच्ने

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।

झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने ‘हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं । जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो हो, केही आम्दानी पनि हुन्छ ।’

विज्ञापन

नियन्त्रक रायमाझीको अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार