होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मौसमी रोजगारी’ का लागि चर्को शुल्क तिरेर विदेशिदै नेपाली
समाचार

‘मौसमी रोजगारी’ का लागि चर्को शुल्क तिरेर विदेशिदै नेपाली

कानुन बनाउन जुट्यो मन्त्रालय

  • नागरिक रैबार
‘मौसमी रोजगारी’ का लागि चर्को शुल्क तिरेर विदेशिदै नेपाली

नेपालबाट पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा सिजनल वर्करका रुपमा जानेको संख्या बढ्दै गएको छ । यूकेले सिजनल वर्करका लागि भिसा उपलब्ध गराएसँगै नेपालीहरु पनि अल्पकालीन रोजगारीका लागि जान थालेका हुन् ।

यसरी सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफै एप्लाइ गर्न मिल्ने भए पनि प्रक्रिया नजान्दा धेरैजसो युवा–युवती एजेन्टलाई चर्को शुल्क तिर्न बाध्य हुने गरेका छन् ।

कञ्चनपुरका रविन्द्र सिंह (नाम परिवर्तित) यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन् । उनी एजेन्टलाई ५ लाख नेपाली रूपैयाँ तिरेर यूके पुगेका हुन् । महिनामा २ देखि ३ लाख रूपैयाँ कमाई हुने देखिएपछि उनी ६ महिनाका लागि भए पनि यूके जान तयार भए ।

विज्ञापन

सामान्यतया ६ देखि ८ घण्टासम्म ड्यूटी गर्ने उनले प्रति घण्टा १०.१० पाउण्ड पाउँछन् । उनलाई बस्नका लागि कोठा दिइएको छ । त्यसका लागि उनले हप्ताको ६० पाउण्ड भाडा तिर्छन् । खानाका लागि छुट्टै खर्च हुन्छ । सबै खर्च कटाएर उनी मासिक डेढ लाख जति बचत गर्दछन् ।

५ लाख रुपैयाँ तिरेर यूके पुगेका उनले एजेन्टलाई आफूले अत्यधिक रकम दिएको बल्ल चाल पाए । उनको कम्पनीमा अहिले १० जना नेपाली छन् । तीमध्ये अधिकांशले ५ देखि ७ लाख रूपैयाँ एजेण्टलाई तिरेर आएका छन् ।

काठमाडौंको कपनकी सम्झना गिरी भने जम्मा एक लाख ७० हजार खर्चमा यूके पुगेकी छन् । जून महिनाको पहिलो साता यूके पुगेकी उनी आफैले अनलाइन मार्फत एप्लाई गरेकी थिइन् ।

अनलाइन मार्फत एप्लाई गर्दा उनले युकेस्थित कम्पनीलाई आफ्नो फोन नम्बर र जिमेल छोडेकी थिइन् । त्यसको १० दिनपछि कम्पनीबाट म्यासेज आयो ।

सबै प्रक्रिया गरेर उनको २१ दिनमा भिसा आयो । उनीमात्रै नभएर उनले आफ्ना श्रीमानको पनि अनलाइन मार्फत नै एप्लाई गरेकी थिइन् । दुवै जनाले एक लाख तीन हजार पैसा तिरेका थिए । त्यसबाहेक हवाई टिकटको एक लाख २० हजारका दरले तिरेका थिए ।

यूकेमात्र नभएर क्यानडा, नर्वे, फिनल्याण्ड, कोरिया, इजरायल लगायतका देशले पनि विश्वभरबाट सिजनल वर्कर मगाइरहेका छन् । जसका लागि नेपालबाट एप्लाई गर्नेहरूको संख्या अत्यधिक छ ।

व्यक्तिगत रुपमा सिधै अनलाइन मार्फत एप्लाई गर्न पाइन्छ । तर, मेनपावर कम्पनीहरुले महँगो शुल्क लिएर पठाउने गरेका छन् ।

नर्वेका लागि १२ लाख लिँदै एजेन्ट

सामाजिक सञ्जाल फेसबुकमा लेजिवन नेपाल प्रालिले नर्वे सिजनल वर्क भिसा भन्दै एक सूचना राखेको छ । फलफूल, तरकारी तथा खाद्यान्न टिप्ने कामका लागि नर्वेले सिजनल वर्कर मागेको भन्दै निकालेको सूचनामा प्रतिदिन ८ घण्टा काम गर्न पाउने, तलब पहिलो १२ हप्ता ११९ क्रोनर प्रतिघण्टा र बाँकी अवधि १२४ क्रोनर प्रतिघण्टा पाउने उल्लेख गरेको छ ।

सोही सूचनाको आधारमा रातोपाटीले लेजिवनका छेसोब शाहीलाई सम्पर्क ग¥यो । समाचार प्रयोजनका लागि जानकारी लिन खोज्दा उनले आफू व्यस्त रहेको जानकारी दिए । केहीपछि उनलाई अर्कै नम्बरबाट सम्पर्क गरी ‘नर्वे जाने’ भनेर बुझ्न खोज्दा उनले १२ लाख रूपैयाँ खर्च लाग्ने बताए ।

एक लाख रूपैयाँ आफ्नो चार्ज र बाँकी भिसा प्रक्रियामा खर्च हुने उनको भनाइ थियो । जबकि नर्वेले भिसा शुल्क भनेर ५३६.५४ पाउण्ड तोकेको छ । जुन लगभग साढे ८२ हजार नेपाली रूपैयाँ हुन आउँछ ।

तर, उनले नेपाल सरकारमार्फत नभएर आफूहरूले सिधै कम्पनीसँग सम्पर्क गरेर कामदार पठाउन लागेकाले खर्च बढी लाग्ने बताए । उनले अक्टोबरसम्ममा १५० जना नेपाली कामदार पठाउने बताए । १० वटा कम्पनीमार्फत १५० जनाको सीट माग भएकाले सोही आधारमा कामदार पठाउने उनको भनाइ थियो ।

यूकेका लागि माग बढी

सिजनल भिसाबाट धेरै नेपाली यूके पुगिसकेका छन् भने कतिपय जाने तयारीमा छन् । अहिलेसम्म कति जना नेपाली सिजनल भिसामार्फत यूके पुगेको त्यसको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।

अहिले यूकेका लागि विभिन्न पाँच वटा कम्पनीले विश्वभरबाट सिजनल कामदार भित्र्याइरहेका छन् । जुनसुकै देशबाट पनि अनलाइन मार्फत एप्लाई गर्न सकिने कम्पनीहरुले जनाएका छन् ।

कति लाग्छ खर्च ?

यूकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर भनेर २५९ पाउण्ड तिर्नुपर्छ । जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो । यो बाहेक भिसा आइसकेपछि हवाई टिकटका लागि छुट्टै तिर्नुपर्छ । नेपालदखि यूकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म पर्न सक्छ । यो पाउण्डको दर तलमाथि हुँदा फरक पर्छ ।

श्रम स्वीकृति लिनुअघि चिकित्सा परीक्षण गराउनुपर्छ । यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजारमा यूकेको सिजनल कामदारको रूपमा जान सकिन्छ । तर, यो प्रक्रिया थाहा नहुँदा दोब्बर शुल्क तिरेर नेपालीहरू यूके गइरहेका छन् ।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कोही पनि ठगीएको भनेर आफूहरूकहाँ नआएको र आएको खण्डमा कानुन बमोजिम कारवाही हुने जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले यसरी महँगो शुल्क तिरेर जाने गरे पनि यसबारे कसैले उजुरी नगरेकाले कारवाही गर्न समस्या भएको बताए ।

बेलायतको ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाले संयुक्त रुपमा गरेको खोजले धेरै नेपाली ठगीको सिकार भएको खुसाला गरेको थियो । केही समय अगाडि सार्वजनिक गरिएको उक्त खोज अनुसार हेरफेर्डसायरस्थित कोब्रे फार्ममा काम गर्ने १५० नेपाली कामदार बढी शुल्क तिरेर आएको पाइएको थियो ।

सिजनल वर्करलाई कानुनले चिन्दैन : विभाग

सिजनल वर्कर भिसालाई नेपालको कानुनले नचिन्ने भन्दै व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको महानिर्देशक पौडेलले बताए ।

‘नेपालबाट व्यक्तिगत र संस्थागत मार्फत विदेश जान सकिन्छ । तर, यो सिजनल भिसालाई कानुनले नचिन्ने भएकाले हामीले अवैध नै मान्नुपर्छ,’ महानिर्देशक पौडेलले भने ।

‘२/३ वर्ष खाडी जानुभन्दा त ६ महिनाका लागि यूके जानु राम्रो कुरा हो । तर, कानुनले यसलाई नचिन्ने भएकाले भोलि केही समस्या परेको खण्डमा हामी केही गर्न सक्दैनौं,’ उनले भने ।

यसरी विदेश जाँदा भविष्यमा केही समस्या भएको खण्डमा राहत तथा उद्धारमा समस्या हुने उनको भनाइ छ । ‘विदेशमा काम गर्ने क्रममा अंगभंग भयो भने कसले जिम्मेवारी लिने ? ६ महिनापछि कामदार नेपाल फर्किएन भने के हुने ? बीमा कसले गर्ने ? जस्ता विषयमा कानुनले चिन्दैन,’ उनले भने ।

दुई वर्षभन्दा कम अवधिको करार भएकाहरुलाई विभागले श्रम स्वीकृति दिँदैन, जसले गर्दा उनीहरुको तथ्याङ्क राज्यसँग हुँदैन ।

कति नेपाली गए यूके ?

विभागले सिजनल वर्करको रूपमा कति नेपाली यूके गए भन्ने तथ्यांक राखेको छैन । तर, वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएर चालु आर्थिक वर्षमा ९३७ जना यूके गएका छन् ।

तीमध्ये १२८ जना महिना र ८०९ जना पुरुष छन् । यूकेमा सिजनल वर्कर भिसा खुलेदेखि नेपालीहरु जान थालेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

गत भदौमा एक जना नेपाली यूके गएका थिए । त्यसपछि असोजमा ३ जना, कात्तिकमा १० जना, मंसिरमा १५ जना, पुसमा ५ जना, माघमा ८ जना, फागुनमा ११ जना नेपाली सिजनल भिसामार्फत यूके गएका हुन् ।

चैतमा ३३ जना पुरुष र ६ जना महिना गरी ३९ जना नेपाली यूके गएका थिए । त्यस्तै वैशाखमा ३१३ पुरुष र ४९ जना महिला गरी ३६२ जना, जेठमा ४१० पुरुष र ७३ जना महिला गरी ४८३ जना नेपाली कामदार सिजनल वर्करको रुपमा यूके गएको वैदेशिक रोजगार कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यविधि बनाउँदै सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भइरहेको जानकारी दिए ।

अहिले यूकेसँगै दक्षिण कोरिया, क्यानडा लगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भएको उनको भनाइ छ ।

‘यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौं । अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । उक्त कार्यविधिले मौसमी रोजगारका लागि विदेश लान वा जान मापदण्ड तय गर्ने, श्रम स्वीकृति दिने, कामको प्रकृतिसँगै आम्दानी, सुरक्षा लगायतका विषयमा पनि ध्यान दिइने उनले बताए ।

सन् २०२१ मा यूके सरकारले सिजनल वर्करको भिसा प्रणाली सन् २०२२ देखि २०२४ सम्म काय हुने घोषणा गरेको थियो ।

यूकेले सन् २०२२ मा ४० हजार कामदार भित्र्याउने योजना छ । जसमा ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको यूके सरकारले जनाएको छ । त्यसका अतिरिक्त १० हजार कामदारलाई पाइपलाइनमा राखेको छ ।

सिजनल वर्करका लागि यूकेले चार वटा कम्पनीलाई जिम्मा दिएको छ । उनीहरुले आफूले चाहेको देशबाट कामदार छनोट गर्न सक्छन् । चार वटा कम्पनीमा ः

1. AG Recruitment and Management

2. Concordia Limited

3. Fruitful Jobs

4. Pro-force

यी कम्पनीहरुले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार सिजनल भिसाका लागि कुनै पनि एजेण्टको भर नपर्न सुझाव दिइएको छ । कम्पनीलाई गरेको मेलका आधारमा उतैबाट रेस्पोन्स हुन्छ र सोही आधारमा कम्पनीले छनोट गरेर यूके ल्याउने भएकाले कुनै एजेण्टको भर नपर्न कम्पनीहरुले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार