होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित
समाचार

सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लंघन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग गरेका थिए। सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेशसभाको बैठक बोलाए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधि बजेटविरुद्ध एकजुट भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

विज्ञापन

बजेटमाथि असन्तुष्टि जनाउँदै आएका सत्तापक्षकै सदस्यहरु मुख्यमन्त्री र अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्न गठबन्धनका शीर्ष नेतालाई भेट्न काठमाडौं पुगेपछि बैठक झनै अनिश्चित भएको छ । बहुमत सदस्य प्रदेशबाहिर भएकाले बैठक बस्ने सम्भावना न्यून रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का सदस्यसमेत बजेट सन्तुलित नभएको भन्दै गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन काठमाडौं पुगेका नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार