होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोरबहादुर बने विश्वकै होचो किशोर
समाचार

डोरबहादुर बने विश्वकै होचो किशोर

  • नागरिक रैबार
डोरबहादुर बने विश्वकै होचो किशोर

नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर (पुरुष) को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सो उपाधि दिएको हो । गिनिज बुकका अनुसार उनको जन्म सन् २००४ को १४ नोभेम्बरमा भएको थियो । उनी १७ वर्षका भएका छन् । उनको उचाइको मापन सन् २०२२ को मार्च २३ मा काठमाडौँमा गरिएको थियो ।

उनको उचाइ २ फिट ४.९ इन्च रहेको थियो । खपाङ्गीलाई नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ‘मेरो भाइले गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट पाएकोमा खुसी छु,’ उनका दाइ नरबहादुर खपाङ्गीले भने ।

आफ्नो परिवारको कान्छा छोरा रहेका डोरबहादुर सिन्धुलीका बासिन्दा हुन् । उनी हाल गाउँकै स्कूलमा पढिरहेका छन् । यसअघि यो उपाधि नेपालकै खगेन्द्र थापा मगरको नाममा थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै