होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुडिरहेको बसमा आगलागी
समाचार

गुडिरहेको बसमा आगलागी

  • नागरिक रैबार
गुडिरहेको बसमा आगलागी

कालीकोटबाट काठमाडौंका लागि छुटेको ना८ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रूपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७ :३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेकाे बस गुडिरहेको अवस्थामा बराहताल गाउँपालिका–८ सुर्खेत ओदालतालमा दिउँसाे ३ : ४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बसचालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार