होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले चाहे निजामती सेवा ऐन चाँडै बन्छ : अध्यक्ष तिमिल्सिना
समाचार

सरकारले चाहे निजामती सेवा ऐन चाँडै बन्छ : अध्यक्ष तिमिल्सिना

  • नागरिक रैबार
सरकारले चाहे निजामती सेवा ऐन चाँडै बन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे निजामती सेवा विधेयक चाँडै बन्ने बताएका छन् । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफलमा उनले संघीय निजामती सेवा ऐनको माग सबैजसो प्रदेशमा उठेको भन्दै सरकारले अहिले नै राष्ट्रियसभामा ल्याए पनि विधेयक पारित गर्ने बताए ।

सरकारले अहिले विधेयक पेस नगरे अहिलेसम्मको मिहिनेत शून्यमा परिणत हुने पनि अध्यक्ष तिमिल्सिनाले बताए ।

‘निजामती सेवा ऐनको बारेमा धेरै प्रदेशमा कुरा उठिरहेको छ । एउटा निजामती सेवा ऐनलाई अध्ययन गर्न कति समय लाग्छ ? रामायण, महाभारतको ठेली पढेको जस्तो त होइन नि । त्यो पनि कानूनमा पुगेर अड्किएको छ । कानूनको नजरमा ठिक छ कि छैन भन्ने हेर्ने ठाउँमा महिना दिन अड्काएर हुन्छ ? राय दिएर पठाए हुँदैन । यत्तिकै संसद सकियो भने कसरी आउँछ ?’ उनले प्रश्न गरे ।

विज्ञापन

प्रतिनिधि सभा चुनावमा गएपछि विधेयक ल्याउनुको महत्व नहुने अध्यक्ष तिमिल्सिनाले बताए ।

‘मैले मन्त्रीलाई भनेको छु, राष्ट्रिय सभामा ल्याउनुस्, राष्ट्रिय सभामा पनि संसद चल्दा ल्याउनुस्, ताकि हामीले त्यसलाई छलफलको प्रक्रिया पुर्‍याएर विधायन व्यवस्थापन समितिमा पठाइदियौं भने प्रतिनिधि सभाको चुनाव भएर नयाँ सरकार र नयाँ संसद गठन हुने बेलासम्म राष्ट्रिय सभाले त्यसलाई पास गरेर राख्छ, नयाँ प्रतिनिधि सभा हुँदा हिउँदे अधिवेशनबाट पास भएर ऐन बन्छ । काम फुक्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार