होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपकुलपतिको कुर्सीलाई जुत्ताको माला
समाचार

उपकुलपतिको कुर्सीलाई जुत्ताको माला

  • नागरिक रैबार
उपकुलपतिको कुर्सीलाई जुत्ताको माला

काठमाडौं । परिक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ ।

त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताए । उनले भने ‘हामीले भेट्न आउँदा उपकुलपतिलाई भेटेनौं । त्यसैले हामीले लगाएको जुत्ता फुकालेर उपकुलपतिको कुर्सीमा लगाइदिएका छौं । प्रहरीले हामीलाई घेरेको छ ।’

त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।

विज्ञापन

मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।  दिनेश खबरबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार