होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
समाचार

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

  • नागरिक रैबार
शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ । कलेज प्रशासन र विद्यार्थीसँग बुझ्ने काम भइरहेको छ । अरु विषय अनुसन्धानपछि बाहिर आउनेछ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले  भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार