होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी
समाचार

कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी

  • नागरिक रैबार
कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी

धनगढी: कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भिषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुरशिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। ‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’ उनले भने।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्। तर आगो भने नियन्त्रणमा आएको छैन। हालसम्म आगलागीको कारण खुलेको छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार