होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • फोटो फिचर
  • जैविक विविधता झल्काउने उत्कृष्ट तस्बिर
फोटो फिचर

जैविक विविधता झल्काउने उत्कृष्ट तस्बिर

  • नागरिक रैबार
जैविक विविधता झल्काउने उत्कृष्ट तस्बिर

काठमाडौँ — सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपाल(एससीबीएन)ले आयोजना गरेको राष्ट्रियस्तरको फोटोग्राफी प्रतियोगितामा आशिष गुरुङले खिचेको तस्बिर उत्कृष्ट भएको छ । विश्व जैविक विविधता दिवसको अवसर पारेर आइतबार घोषण गरिएको नतिजामा गुरुङको तस्बिर उत्कृष्ट भएको हो । उनले नगद २० हजार पुरस्कार पाए ।जंगलबाट उद्धार गरेर ल्याइएका दुई वटा चितुवाका बच्चालाई ६ महिना हुर्काएर पुनः जंगलमै छाड्न लैजाँदै गरेको तस्बिर गुरुङले खिचेका थिए ।

विज्ञापन

यस्तै, रोहित गिरीको सर्पको तस्बिर दोस्रो र दुर्लभ रायामाझीले खिचेको गैंडा र जंगल सफारीमा मग्न पर्यटकको तस्बिर तेस्रो भएको छ । गिरीले पोखरामा सर्प सम्बन्धी सचेतना फैलाँउदै गरेको तस्बिर खिचेका थिए भने रायामाझीले एकसिंगे गै‌डासँग पर्यापटन झल्कने तस्बिर खिचेका थिए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार पाए । यस्तै, अन्य ४ वटा तस्बिरहरु विधागत रुपमा उत्कृष्ट भए ।

फोटोमार्फत जैविक विविधता संरक्षण झल्काउने तस्बिर प्रतिस्पर्धाको आयोजना गरिएको एससीबीएन नेपालका अध्यक्ष प्रकाश पौडेलले बताए । प्रतियोगामा सहभागी हुनका लागि २ सय ५० वटा तस्बिरहरु आएका थिए । त्यहाँबाट विज्ञ र फोटोग्राफी विज्ञमार्फत उत्कृष्ट २ सय तस्बिरहरू छनोट गरेर प्रतिस्पर्धा गराइएको थियो । पब्लिक भोटिङ र विज्ञको मूल्यांकनबाट उत्कृष्ट तस्बिर घोषणा गरिएको थियो ।

उक्त प्रतियोगितामा विधागत क्षेत्रमा उत्कृष्ट भएका तस्बिरहरु पनि सार्वजनिक गरिएको थियो । यस्तै, जस अनुसार भुवन सिंह विष्टले खिचेको बाघको तस्बिर बाघ वर्ष २०२२ विधामा उत्कृष्ट, दिव्या थापाले खिचेको घडियालको थुतुनो जाली अड्किएको तस्बिर ‘जैविक विविधतालाई खतरा’ विधामा उत्कृष्ट, अस्मिता श्रेष्ठले सप्तकोसीमा माझीले जाल हान्दै गरेको तस्बिर ‘संरक्षण र सह-अस्तित्व’ विधामा उत्कृष्ट, संकटापन्न जीवको संरक्षणमा निकित प्रधानले खिचेको ट्याग लागाइएको गिद्धको तस्बिर उत्कृष्ट घोषित भएका थिए । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार