होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
Breaking News

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • नागरिक रैबार
रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

विज्ञापन

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको डीएसपी डाँगीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार