होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेयर बजारमा २७ अंकको गिरावट, अब आउने मौद्रिक नीतिले के होला ?
समाचार

सेयर बजारमा २७ अंकको गिरावट, अब आउने मौद्रिक नीतिले के होला ?

  • नागरिक रैबार
सेयर बजारमा २७ अंकको गिरावट, अब आउने मौद्रिक नीतिले के होला ?

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउँदैछ । मौद्रिक नीतिमार्फत खस्किएको भनिएको सेयर बजार पुनः मौद्रिक नीतिले नै ठिक पार्ने अपेक्षा गरिएको छ । तर, शुक्रबार मौद्रिक नीति आउने दिन नै भने सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको छ । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो ।
यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ ।
२७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आज ल्याउँदै गरेको मौद्रिक नीतिले हाल कार्यान्वयनमा रहेको सेयर धितो (मार्जिन लेन्डिङ) को ४/१२ को व्यवस्था परिमार्जन गर्ने अपेक्षा गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार