होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गिरिको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
समाचार

गिरिको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

३ दिनसम्म पार्टी कार्यालयहरुमा झन्डा झुकाइने, १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रम गरिने

  • नागरिक रैबार
गिरिको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा गिरिको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका थिए । सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरिको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार