होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • जब युवक बोरामा सिक्का भरेर स्कुटी किन्न गए (भिडियोसहित)
विचित्र संसार

जब युवक बोरामा सिक्का भरेर स्कुटी किन्न गए (भिडियोसहित)

  • नागरिक रैबार
जब युवक बोरामा सिक्का भरेर स्कुटी किन्न गए (भिडियोसहित)

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एकजना युवक स्कुटर किन्नका लागि बोरामा सिक्का भरेर शोरुम जान्छन् । उनको त्यो शैली देखेर सबै अचम्ममा पर्दछन् ।

बोरामा एक दुई तथा १० रुपैयाँका सिक्का थिए । ती युवकले स्कुटी किन्नका लागि महिनौंदेखि पैसा बचत गरिरहेका थिए । उनीसँग त्यतिधेरै सिक्का जम्मा हुनुको कारण चाहिं उनी पसले हुन् ।

स्कुटी खरिद गर्नका लागि आफूले महिनौंदेखि बचत गरिरहेको र रकम पूरा भएपछि बोरामा भरेर शोरुमा स्कुटी खरिदका लागि आएको उनले बताए ।

विज्ञापन

एकजना चर्चित युट्युबरले ती व्यक्तिको भिडियो आफ्नो फेसबुकमा शेयर गरेपछि त्यो निकै चर्चित बनेको छ ।

शोरुमबाट ती व्यक्तिले अन्ततः बोराभरका सिक्का पैसा दिएर स्कुटर खरिद गर्न सफल भए ।

यो भिडियो भारतको आसामको रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आसामको बार्पेटा जिल्लास्थित होलीमा रहेको स्कुटर शोरुमको दृश्य भिडियोमा समावेश छ । ती व्यक्तिको नाम भने खुलाइएको छैन ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार