होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ
सूचना-प्रविधि

यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ

  • नागरिक रैबार
यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ

काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ । उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो ।

यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ १.७५ मिलिमिटर छ । यो घडीको वजन फित्ता सहित केवल ३० ग्राम छ ।

यो घडीमा दुईवटा क्राउन राखिएको छ । एउटा क्राउनको प्रयोग ह्याण्ड सेटिङ्गका लागि र अर्को क्राउनको प्रयोग त्यसलाई एक्टिभेट गर्नका लागि हुन्छ ।

विज्ञापन

कम्पनीका अनुसार यो घडी बनाउनका लागि ६ हजार घण्टा लागेको थियो । यसमा ४५ घण्टाको पावर रिजर्भ छ ।यो घडीमा रिचार्ड मिलीको लोगोसँगै टाइटेनियम सतहमा फरारीको लोगो पनि राखिएको छ ।

कम्पनीका अनुसार यो मोडेलका केवल डेढ सय घडीमात्रै उत्पादन गरिएको छ । यो मोडेलको एउटा घडीको मूल्य १८ लाख ८० हजार डलर अर्थात् २३ करोड रुपैयाँ भन्दा धेरै छ ।

यो घडीलाई यति धेरै पातलो बनाउनका लागि कम्पनीले यसको पाटपुर्जालाई एकै ठाउँमा राख्नुको साटो सतहको क्षेत्रफलभरी यत्रतत्र राखेको छ ।

यसअघि सबैभन्दा पातलो घडी बनाउने कीर्तिमान बुल्गारी कम्पनीको नाममा थियो । उसले १.८० मिलिमिटर मोटो घडी तयार गरेको थियो । जसको नाम Octo Finissimo Ultra राखिएको थियो ।

–एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि