होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल डेस्क स्थापना
Breaking News

जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल डेस्क स्थापना

  • नागरिक रैबार
जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल डेस्क स्थापना
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ ।  दलित समुदाय माथि हुने बिभेद र हिंसाका घटनाहरु र जातिय छुवाछुतको रोकथाम, न्युनिकरण तथा जातिय छुवाछुत सम्बन्धि घटनाहरुको अनुसन्धान गर्ने कार्ययोजना अर्न्तगत जिल्ला प्रहरी कार्यालय दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

No description available.

जिल्ला प्रहरी कार्यालय बाजुराले आज एक अन्तरिक्रया कार्यक्रम गरेर प्रहरी कार्यालय भित्र स्थापना गरिएको दलित सेल (डेस्क) को भुमिका, काम र कर्तव्यका बारेमा बाजुरा जिल्लाका दलितका अगुवाहरुलाई जानकारी गराएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्यालय भित्र दलित सेल (डेस्क) ले यहाँका दलित समुदायका पिडितलाई समन्वय/सहयोग, अनुसन्धानमा सहजीकरण, दलित माथि हुने हिंसा न्युनिकरण र दलित हकहितको संरक्षण गर्न दलित सेल डेस्कको मुख्य भुमिका रहने प्रहरी प्रमुख ओझाले बताएका छन् ।

विज्ञापन

May be an image of 9 people, people sitting and people standing

अन्तरक्रिया कार्यक्रममा दलित अगुवाहरुले जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल डेस्क स्थापना भएपछि बाजुरामा दलितका घटनाहरुको वास्तविक अनुसन्धान र पिडितको आवश्यकताको पहिचान गरी पिडितहरुको न्यायमा पहुँच हुने आशा व्यक्त गरेका थिए ।
दलित सेल डेस्कले बाजुरामा दलित माथि बढी हिंसा र विभेद् हुने स्थान, समुदाय, पिडक पिडितको तथ्याकं संकलन गरी लक्षित समूह पहिचान गरेर हिंसा हुनुको मुख्य कारण पत्ता लगाई नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेल्ने आशा गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा दलित सेल डेस्कको काम र कर्तव्य दलित सेल डेस्कको भुमिका बारे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा जातिय छुवाछुत सम्वन्धि कानुनी व्यवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायणसिंह नेगीले जानकारी गराएका थिए ।

May be an image of 11 people, people sitting and indoor

जिल्ला प्रहरी कार्यालय बाजुराको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख तथा दलित अगुवा काँशी विक, नेपाली काँग्रेसका दलित अगुवा कौशल विक, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मानबहादुर विक, वैज्ञानिक समाजवादी पार्टी बाजुराका सचिव प्रेमबहादुर विक, दलित अधिकारकर्मी गोरख सार्की, काल्चे दमाई, डवल विक, रतन नेपाली, संकर चंदारा, रमेश चंदारा, प्रेमबहादुर विक लगायत ५० बढी दलित महिला र पुरुषको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार