होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी नेता आचार्यको निधन
समाचार

माओवादी नेता आचार्यको निधन

  • नागरिक रैबार
माओवादी नेता आचार्यको निधन

नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए ।
उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए । उद्योग क्षेत्रमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगर प्रमुखको उम्मेदवार पनि बनेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार