होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा पनि भत्कियो गठबन्धन, स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति
समाचार

हुम्लामा पनि भत्कियो गठबन्धन, स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

  • नागरिक रैबार
हुम्लामा पनि भत्कियो गठबन्धन, स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले जानकारी दिए ।

‘पटक–पटक सहमतिको प्रयास गरियो तर कुरो मिलेन’ उनले भने, ‘स्थानीय तहको नेतृत्व कसले बढी लिने भन्नेमै कुरा अड्कियो, अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’

विज्ञापन

सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै