होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोखरा : भित्र गठबन्धनको बैठक, बाहिर सहमति जुटेन भन्दै कांग्रेस सचिवको विज्ञप्ति
समाचार

पोखरा : भित्र गठबन्धनको बैठक, बाहिर सहमति जुटेन भन्दै कांग्रेस सचिवको विज्ञप्ति

  • नागरिक रैबार
पोखरा : भित्र गठबन्धनको बैठक, बाहिर सहमति जुटेन भन्दै कांग्रेस सचिवको विज्ञप्ति

पोखरा । पोखरामा गठबन्धको बैठक चलिरहँदा नेपाली कांग्रेसका जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् ।

नेपाली कांग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरुले विज्ञप्ति निकाल्दासम्म सत्तारुढ गठबन्धनको बैठक भने चलिरहेको छ ।

उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

विज्ञापन

नेकपा समाजवादीका धनराज आचार्यले भने बैठक चलिरहेको र कांग्रेस सचिवले एकलौटी विज्ञप्ति जारी गरेको बताएका छन् । ‘गठबन्धनका जिल्लाका शीर्षनेताहरु अहिले बैठकमा बसिरहेका छन् । बैठकबाट आजै साँझसम्म निष्कर्षसम्म नपुगेसम्म नउठ्ने भनेका छौं, छलफल भर्खर सुरु भएको छ,’ अनलाइनखबरसँग उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै