होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय निर्वाचनमा मत बदर बढ्ने चिन्ता
समाचार

स्थानीय निर्वाचनमा मत बदर बढ्ने चिन्ता

  • नागरिक रैबार
स्थानीय निर्वाचनमा मत बदर बढ्ने चिन्ता

धनगढीः सुदूरपश्चिममा मतदाता शिक्षाको अभाव सधैँ देखिने गरेको छ। विगतमा सम्पन्न विभिन्न निर्वाचनमा मत बदर भएका थिए। मतदाता शिक्षाको कमीले नै ती मत बदर भएको पुष्टि हुन्छ।

विगतमा निर्वाचन आयोगले नै गाउँगाउँमा स्वयमसेवक खटाएर मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले उक्त कार्यक्रम सञ्चालन नगरेपछि मत बदर हुने आशंका बढेको नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले बताए। ‘मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक थियो,’ उनले भने, ‘अब हामी गठबन्धनको तालमेल पूरा भएपछि चुनाव चिह्नसहित मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गछौं।’

यो वर्ष निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रम स्थगित गरेको छ। तर पार्टीहरुले यस विषयमा ध्यान दिन सकेका छैनन्। त्यसकारण पनि आउने निर्वाचनमा मत बदर हुने आशंका गरिएको छ। मत माग्न मात्रै केन्द्रीत हुने राजनीतिक दलले मतदाता शिक्षा सम्बन्धी आम नागरिकलाई अहिलेसम्म पूर्ण ज्ञान दिन सकेका छैनन्। पार्टीको घरदैलो कार्यक्रमा पनि मतदाता शिक्षा सम्बन्धी प्रचार हुने गरेको छैन।

विज्ञापन

दलहरुले भने यस विषयमा आ–आफ्नै दाबी गरेका छन्। नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले उम्मेदवार तयार भएपछि घरदैलो कार्यक्रम सुरु गर्ने बताए। ‘निर्वाचन आयोगले पनि यो कार्यक्रम चलाउने हो। तर, सरकार र निर्वाचन आयोग चुनाव गर्न तयार छैन’ उनले भने।

यता विगतका निर्वाचनमा घरदैलौसहित उक्त कार्यक्रम गर्दै आएको निर्वाचन आयोगको दाबी भने फरक छ। मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा समस्या नहुने भनाई निर्वाचन आयोगको छ। उक्त कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको बताइएको छ।

तर नमूना मतदान, प्रचारप्रसार गरेर निर्वाचन अयोगले आफ्नो जिम्मेवारी पुरा गरिरहेको अयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रेमराज भट्टलेबताए। ‘विशेष त बजेट अभावका कारण यो सञ्चालन हुन नसकेको हो। राजनीतिक दलले पनि यसमा ध्यान दिन आवश्यक छ। तर पनि आयोग रेडियो, एफएम, छापामाध्यम तथा सामाजिक सञ्जालबाट मतदाता शिक्षा दिँदै आएको छ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार