होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गर्मी उकालो लाग्दै
समाचार

गर्मी उकालो लाग्दै

  • नागरिक रैबार
गर्मी उकालो लाग्दै

काठमाडौँ — आइतबार मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको औसत अधिकतम तापक्रम ३१.५ डिग्री र औसत न्यूनतम तापक्रम १३.८ डिग्री भएको रेकर्ड गर्‍यो । भैरहवाको ४० डिग्री सेल्सियस, सिमरा र जनकपुरको औसत अधिकतम तापक्रम ३८.८ डिग्री रेकर्ड भयो ।

केही दिनयता काठमाडौंसहित देशभरका सहरहरुमा गर्मी हृवात्तै बढ्दै गएको छ । तराई क्षेत्रमा पनि तापक्रम बढिरहेको छ । औसत अधिकतम तापक्रमभन्दा बढी देखिन थालेको छ । अहिले दैनिक रुपमा १/२ डिग्री सेल्सियसले तापक्रम थपघट भइरहेको छ ।अप्रिल महिनाका लागि यी सहरमा देखिएको यो तापक्रम औसतभन्दा बढी हो । काठमाडौंका लागि अप्रिलको औसत अधिकतम तापक्रम २८.२ डिग्री सेल्सियस हो भने भैरहवाका लागि ३६.१ डिग्री हो । सिमराका लागि अप्रिल महिनाका लागि औसत अधिकतम तापक्रम ३४.९ डिग्री रहेको विभागले जनाएको छ ।

विभागले याे अवस्था अझै केही दिन हुने बताएको छ । बुधबारसम्म तापक्रम बढ्न सक्ने विभागका मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने,’ तराईका जिल्लाहरुमा केही दिन बढ्न सक्ने अनुमान छ । पश्चिम नेपालका थोरै सहरहरुमा तापक्रम ४० डिग्री नाघ्न सक्छ । ‘

विज्ञापन

‘चैत वैशाख उसै पनि गर्मी हुने समय हो तर औसत तापक्रम बढी नै छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विनु महर्जनले  भनिन् ।

भारतको नयाँ दिल्ली र राजस्थानमा देखिएको तातो हावाको लहर अहिले नै नेपालमा आउने सम्भावना कम रहेको विभागले जनाएकाे छ । ‘विस्तारै तापक्रम पनि बढ्दै गयो अनि पश्चिम न्यून चापीय प्रणालीको प्रभाव देखिएन भने यहाँ तातो आउन सक्ला तर अहिलेको अवस्था हेर्दा त्यो सम्भावना छैन,’ प्रधानाङ्गले  भने ।

बुधबारपछि पश्चिम न्यून चापीय प्रणालीको प्रभावले तापक्रममा गिरावाट आउने सम्भावना रहेको विभागले जनाएको छ । बुधबारपछि देशका थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने र बदली हुने विभागले प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनमा राम्रोसँग वर्षा पनि नभएको र कनै पनि प्रणाली सक्रिय नरहेको जनाएको छ । मौसमविद् महर्जनले भनिन्,‘पश्चिम वायुको प्रभाव अहिले सामान्य नै छ तर स्ट्रङ प्रणाली आएको छ । हिट वेभ्स नै अहिले आएको छैन । ’

औसत अधिकतम् तापक्रम सामान्यतः केही डिग्री तलमाथि नै हुन्छ । जलवायु विज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयका विज्ञान संकाय डिन सह–प्राध्यापक सुदीप ठकुरी भन्छन्,‘लामोसमयसम्मको औसतलाई आधार मानेर औसत अधिकतम तापक्रम निकालिएको हुन्छ । कहिले काही केही डिग्री तलमाथि हुन्छ तर पछिल्लो समय तातो हावाको लहर बढ्ने क्रममा छ । ’

मौसमविद् एव‌ं नास्टका प्राज्ञ डा.मदनलाल श्रेष्ठ अप्रिल र मे महिना अन्य समय जस्तै तातो हुने मौसम रहेको बताए । उनले भैरहावा र नेपालगन्ज जस्ता गर्मी ठाउँमा ४० डिग्री नाघ्नु अस्वभाविक रुपमा लिन नसकिएपनि पछिल्लो समय तापक्रम वृद्धिको दर भने बढ्दो देखिन थालेको बताए । ‘ऋतु परिवर्तनको बेला पनि तापक्रम परिवर्तन भइरहेको हुन्छ । तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण गर्मीहरु झनै बढ्न थालेको छ,’ उनले भने ।

चिकित्सकहरुले पनि गर्मीयाम सुरु भएकाले प्रशस्त मात्रामा पानी पिउन र स्वास्थ्यको हेरचाह गर्न सुझाव दिएका छन् । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार