होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कलंकीमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज
समाचार

कलंकीमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

  • नागरिक रैबार
कलंकीमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

काठमाडौँ — सेनाको बम डिस्पोजल टोलीले शुक्रबार बिहान ढुंग्गेअड्डामा दुई शंकास्पद वस्तु डिस्पोज गरेको छ ।

कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले केहीबेरअघि डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

‘बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएकोबारे खबर आएको थियो । बिहान सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्‍यो,’ प्रवक्ता राठौरले भने, ‘जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइयो ।’

विज्ञापन

घटनाको प्रकृति हेर्दा कसैले ‘होक्स बम’ छाडेको र यसबारे थप अनुसन्धान हुने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै